संसद विघटन गर्ने ओली नेतृत्वलाई भोट दिनु औचित्य छैन्: कांग्रेस नेता पौडेल

पाेखरा | भदौ १९, २०७९

संसद विघटन गर्ने ओली नेतृत्वलाई भोट दिनु औचित्य छैन्: कांग्रेस नेता पौडेल

 

पोखरा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले दुईपटक संसद विघटन गर्ने केपी शर्मा ओली नेतृत्वको पार्टीलाई जनताले भोट दिनुको कुनै औचित्य नभएको बताएका छन् । 

 

नेपाली कांग्रेसले सुरुवात गरेको जनताको साथमा कांग्रेस अभियानको अवसरमा पोखरामा आइपुगेका नेता पौडेलले  पत्रकारहरुसमक्ष बोल्दै  यस्तो अभिव्यक्ति दिएका हुन् ।

 

केन्द्रिय सदस्य पौडेलले ५ वर्षका लागि प्रधानमन्त्री बनाउँदा दईपटकसम्म संसद विघटन गरी जनताको मतको दुरुपयोग गरेको भन्दै अबको निर्वाचनमा ओली नेतृत्वलाई मत दिनुको औचित्य नभएको स्पष्ट पारे । 

 

‘गठबन्धन गरेर सरकार बनाउन केपी ओलीले सुरु गरे । भोट पनि पाए । प्रधानमन्त्री पनि भए, दुईपटक संसद विघटन गरेर मतको दुरुपयोग गरे अब जनताले कुन आधारमा केपी ओली नेतृत्वलाई मत दिने’ सदस्य पौडेलले प्रश्न गरे ?

 

उनले आगामी निर्वाचनमा नेकपा एमालेको विकल्पमा नेपाली कांग्रेस उदाउने धारणा राखे ।

 

 

 

उनले फरक प्रसंगमा पोखरालाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न पोखरामा ठुला राजमार्ग र रेल मार्गले जोड्न आवश्यक रहेको बताए । 

 

नेता पौडेलले पोखरालाई पर्यटन क्षेत्रमा थप विकास गर्न नसके अन्य क्षेत्रको पर्यटन क्षेत्रको विकासले गति लिन नसक्ने भन्दै पोखरालाई हवाई क्षेत्रले मात्र नभएर ठुला राजमार्ग र रेलमार्गले जोड्न आवश्यक रहेको उल्लेख गरे । 

 

पर्यटन क्षेत्रको रुपमा पोखरामा थप विकास गर्न अझै बाँकी रहेको बताउदै पोखराको विकासमा नेपाली कांग्रेसले थप गुरुयोजना तयार पारेको सदस्य पौडेलले बताए । 

 

उनले आगामी निर्वाचनमा नेकपा एमालेको विकल्पमा नेपाली कांग्रेस उदाउने धारणा राखे । ‘गठबन्धन गरेर सरकारमा जान केपी ओली सफल भए तिन वर्ष सरकार सञ्चालन गरे तर तिनै ओलीलाई प्रधानमन्त्री बनाउन सहयोग गरेकाहरुलाई सँगै लैजान सकेनन्, उनले भने, ‘त्यसैले देशलाई समृद्ध बनाउन अहिले कांग्रेसको नेतत्वमा गठबन्धन तयार भएको हो ।’


 
नेपाली कांग्रेसले जनताको साथमा कांग्रेस अभियान सञ्चालन गर्न विभिन्न कार्यक्रमहरु सार्वजनिकसमेत गरेको छ । कांग्रेसले भदौ १९ गते जनताको साथमा कांग्रेस अभियानबारे केन्द्रीय प्रतिनिधिबाट प्रशिक्षण सञ्चालन गरेको छ । 

 

कांग्रेसले भदौ २१ गते कास्कीका ७२ वटै वडामा एक साथ अभियानको बारेमा कार्यक्रम सञ्चालन गर्ने र वडा कार्यसमितिसँग र क्षेत्रबाट प्रतिनिधिहरुसँग मतदाता संवाद कार्यक्रम आयोजना गर्ने र २३ गते पार्टी कार्यालयमा गठबन्धनका दलहरुमा भेटघाट र २४ गते नेपाली कांग्रेसले आयोजना गरेको जनताको साथमा कांग्रेस अभियानसँगै ६ वटै प्रदेश सभामा एकै साथ प्रजातान्त्रिक समाजवाद र यसको सान्दर्भिकता विषयमा प्रवचन कार्यक्रमसँगै पहिलो चरणको कार्यक्रम समापन गर्ने कार्यतालिका बनाएको छ ।

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्